2025/11/20

अछाममा मृत जन्म भयाभह बन्दै,५ आवमा ४ सय बढीको मृत जन्म

Admin

२०८०-०५-११

378
Shares

११ भदौ ,अछाम
मंगलसेन नगरपालिका –७ की सरिता (नाम परिवर्तन)ले बिहे गरेको २ वर्षपछि सन्तान पाउने योजना बनाइन् । त्योभन्दा अगाडि नै सरितालाई सन्तान जन्माउनको लागि परिवारले दबाब दिँदै आएका थिए । २१ वर्षीया सरिताले पढाइ र भविष्यको योजना बनाएर तत्काल सन्तान नपाउने दम्पत्तिको योजना बन्यो । चुलोचौका , मेलापातको काम र एकातिरको पढाइले सन्तानलाई हुर्काउन समय नमिल्ने उनीहरुकको योजना थियो । परिवारको दबाब पछि उनीहरुले पहिलो सन्तान पाउने योजना बनाए । ‘बिहे गरेको दुई वर्षसम्म सन्तान नभएको भन्दै सासु ससुराले धामीझाँक्री कहाँ जान सुरु गरिसकेका थिए ’ उनले भनिन् , ‘घरमा पहिलेभन्दा कामको भार बढ्न थाल्यो । मेलापातबाट ठूलो भारी बोक्नुपर्ने भयो । ८ महिना भएपछि पेटमा बच्चा नखेलेको जस्तो महसुस हुन्थ्यो । बच्चा त पेटमै मरिसकेको रहेछ ।’ उनका अनुसार श्रीमान् कामको सिलसिलामा भारत जाने गर्थे । त्यहि मौकामा सासुसुराले काम बढि गर्न दबाब दिएको उनको भनाइ छ । ‘९ महिनासम्म दुःख कष्ट सहेर पेटमा हुर्काएको बच्चालाई जन्म दिँदा मरेको देख्दा एक आमालाई योभन्दा बढि पिडा अरु हुन सक्दैन’ उनी पिडा सुनाउँदै भन्छिन् ,‘ स्वास्थ्य समस्या आउँदा पनि अस्पताल जान पाइदैन । घरको काम मात्रै गरेर बस्नु पर्ने बाध्यता छ ।’

 

साँफेबगर नगरपालिका –३ की रिता (नाम परिवर्तन) ले पनि सरिताले जस्तै पिडा भोग्नु पर्यो । २३ वर्र्षीया रिताको पहिलो सन्तान गर्भमै  मरेपछि उनी अझै चिन्तत छन् । आफूलाई सम्हालन अझै नसकेको उनको भनाइ छ । ‘पहिलो सन्तान नै गर्भमा मरेपछि साह्रै पिडा भएको छ । ग्रहौं भारी बोकेँ , खानपनि पनि राम्रो भएन । श्रीमान्ले लगातार मदिरा सेवन गरि दिने मानसिक यातानाले पनि मेरो यस्तो हालत भयो । शिशु गर्भमै मर्यो’ उनले भनिन् ,‘ अस्वस्थ महसुस गरेपनि स्वास्थ्य संस्थामा समयमा जान पाइएन । न त राम्रो हेरचाह गरिदिने मान्छे नै भए ।’सरिता र रिता (नाम परिवर्तन) जस्तै गर्भमै शिशुको मृत्यु हुने र जन्मने बित्तकै मृत्यु हुनेको संख्या अछाममा केहि वर्षयता बढेको स्वास्थ्य कार्यालय अछामको तथ्यांक छ ।


जिल्लाका १० वटै स्थानीय तह , बयालपाटा अस्पताल र जिल्ला अस्पताल मंगलसेनमा जन्मेपछि तत्कालै मृत्यु हुने शिशुको संख्या आव २०७३÷७४ मा ५६ र जन्मनु अघि गर्भमै मृत्यु हुने शिशुको संख्या ३१ जनाको मृत्यू भएको तथ्यांक छ । 
आव २०७४ ÷७५ जन्मेपछि तत्कालै मृत्यु हुने शिशुको संख्या ५४ छ भने जन्मनु अघि गर्भमै मृत्यु हुने शिशुको संख्या ४६ छ । आर्थिक वर्ष  २०७५÷७६ जन्मेपछि तत्कालै मृत्यु हुने शिशुको संख्या  ४३ छ भने जन्मनु अघि गर्भमै मृत्यु हुने शिशुको संख्या ४२ छ  । आर्थिक वर्ष  २०७६÷७७ जन्मेपछि तत्कालै मृत्यु हुने शिशुको संख्या  ४४ छ भने जन्मनु अघि गर्भमै मृत्यु हुने शिशुको संख्या ४९  छ ।  आव  २०७७÷७८ जन्मेपछि तत्कालै मृत्यु हुने शिशुको संख्या ५९ छ भने जन्मनु अघि गर्भमै मृत्यु हुने शिशुको संख्या ५० छ ।
स्वास्थ्य संस्थामा नवजात शिशुको मृत्युको संख्या पनि धेरै भएको स्वास्थ्य कार्यालय अछामको तत्थांकमा छ । आव २०७३÷७४ मा स्वास्थ्य संस्थामा मृत्यू हुने नवजात शिशुको संख्या १४ , आव २०७४÷७५ मा १६ , आव २०७५÷७६ मा १९ , आव २०७६÷७७ मा  २४ र आव २०७७÷७८ मा १९ रहेका छन् ।

 

आर्थिक वर्ष  २०७३÷७४ देखि आर्थिक वर्ष  २०७७÷७८ गरी ५ आर्थिक वर्षमा अछाममा जन्मेपछि तत्कालै मृत्यु हुने शिशुको संख्या र जन्मनु अघि गर्भमै मृत्यु हुने शिशुको संख्या ४ सय ७४ रहेको छ । जन्मने बित्तीकै स्वास्थ्य संस्थामा राखेर उपचार गर्दागर्दै जन्मेको दुइ महिना भित्र र मृत्यु हुने नवजात शिशुको संख्या ९२ गरि जम्मा ५६६ रहेको स्वास्थ्य कार्यालय अछामको तथ्यांकमा उल्लेख छ ।
ढिलो गरि अस्पताल आउने र त्यस्तो बेला बच्चाको पेट मै मृत्यु हुने जोखिम बढी भएकोले अस्पतालमा मृत्यु हुने शिशुकोे संख्या बढी देखिन गएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना बताउछन् । ‘ढिलो गरि गर्ने निर्णय, आर्थिक अभाव, स्वास्थ्य संस्थामा औजार उपकरण तथा तालिम प्राप्त दक्ष जनशक्तिको अभाव, यातायातको साधनको अभावले समस्या बढेको छ’ उनले भने ,‘घर मुलीको चेतानाको अभाव वा पुरातन सोचमा परिवर्तन ल्याउन नसक्नु आदिले मृत जन्म घटाउन सकिएको छैन ।’

 

 

378
Shares

©News Kunja 2021-2025. All rights reserved.