शुक्रबारदेखि देशभरका हलमा कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ र बलिउड फिल्म ‘मिर्जापुर’ प्रदर्शनमा आएका छन्।
अविनाशविक्रम शाहद्वारा निर्देशित १०८ मिनेटको यो ड्रामा फिल्मले पीजी सर्टिफिकेट प्राप्त गरेको छ भने यसमा पुष्पा थिङले शीर्ष भूमिका निर्वाह गरेकी छिन्। देशमा बाढीपहिरोको विपद् र शोकको वातावरण छाएको बेला फिल्म रिलिज गर्नुलाई कृतघ्नता नठान्न आग्रह गर्दै निर्देशक शाहले यस्तो कठिन परिस्थितिमा पनि कला र सिर्जनाले मानवीय कथा बोकेर हिँडिरहनुपर्ने बताएका छन्।
हराएकी छोरीको खोजी गर्ने कथामा आधारित यस चलचित्रले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ, त्यो भने हेर्न बाँकी छ।