2025/11/20

एमाले छाडेका रुपेश र द्वारिकलाल पनि प्रदेश अधिवेशनमा सहभागी

Admin

२०८०-०६-१२

1447
Shares

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा प्रदेशसभाको टिकट नपाएपछि एमाले छाडेका रुपेश खतिवडा र द्वारिकलाल चौधरी पहिलो पटक एमालेको कार्यक्रममा सहभागी भएका छन् ।

शुक्रबारबाट विराटनगरमा सुरु भएको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा खतिवडा र चौधरी सहभागी बनेका छन् ।

चौधरी एमालेबाट टिकट नपाएपछि माओवादी प्रवेश गरेका थिए । तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादीबाट प्रदेशसभाको टिकट पाए पनि चौधरी एमालेका रेवतीरमण भण्डारीसँग पराजित भएका थिए ।

लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका चौधरी इटहरी उपमहानगरपालिकाका पूर्व मेयरसमेत हुन् । चुनावमा पराजित भएपछि उनी माओवादीमा पनि निष्क्रिय बसेका थिए । उनले केही समयअघि एमाले आफ्नो घर भएको बताउँदै आफू एमालेमा फर्किन लागेको बताएका थिए ।

खतिवडा भने पार्टीबाट राजीनामा दिएर लामो समय निष्क्रिय बसेका थिए । उनी एमाले मोरङका पूर्वसचिव समेत हुन् । उनले केही दिनदेखि सामाजिक सञ्जालमार्फत विनोद ढकाललाई अध्यक्ष बनाउनका लागि अपिल गरिरहेका छन् ।

प्रदेश अधिवेशनको उद्धाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । यो अधिवेशनले प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जना मुख्य दाबेदार मानिएका छन् । मोरङका विनोद ढकाल र घनश्याम खतिवडाबीच अध्यक्षमा प्रतिस्पर्धा हुने नेताहरुले बताएका छन् । 

1447
Shares

©News Kunja 2021-2025. All rights reserved.