2025/11/20

बिरामीको मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालमा तनाव

Admin

२०८०-०५-०४

349
Shares

धनगढी । बिरामीको मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालमा तनाव भएको छ । सोमबार(आज) दिउँसो घरमा बेहोस भएपछि उपचारका लागि ल्याइएका धनगढी उपमहानगरपालिका–१० बस्ने ४० वर्षीय अरूणकुमार रानाको मृत्यु भएपछि तनाव भएको हो ।

बेला–बेला मिर्गी आउने समस्या भएका रानाको अस्पतालको लापरबाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन् ।

मृतककी भतिजी सोनियम रानाले आकस्मिक कक्ष लगिएका अरुणलाई डाक्टरले ओपिडी कक्षमा पठाएको र एक घण्टासम्म डाक्टर नआएपछि मृत्यु भएको बताइन् ।

मृतककी दिदी समेत रहेकी पूर्व प्रदेशसभा सदस्य मालामती रानाले घटनाको छानबिन गरेर कारबाही नहुँदासम्म शव नउठाउने बताइन् ।

प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले रानाको मृत्यु भएको घटनाबारे बुझिरहेको बताउँदै त्यसपछि मात्र आधिकारिक प्रतिक्रिया दिने बताएका छन् ।

349
Shares

©News Kunja 2021-2025. All rights reserved.