2026/04/10

कोशीका मुख्यमन्त्री सवार गाडीमा आक्रमण, पहिचानवादीले ढुंगा हाने

Admin

२०८०-०८-२६

1791
Shares

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा पहिचानवादीले ढुंगा हानेका छन्। दर्जन बढी संख्याका उनीहरूले मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजीसहित आक्रमण गर्न खोजेका हुन्।

झापाको दमक पुगेका मुख्यमन्त्री कार्की सवार गाडीलाई रोकेर पहिचानवादीहरूले ढुंगा हानेका हुन्। 

दमक नगरपालिकाद्वारा आयोजित लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन पुगेका बेला पहिचावादीले मुख्यमन्त्री कार्कीमाथि आक्रमण प्रयास गरेका हुन्। 

पहिचानवादीहरुले कालो झन्डा देखाउदै ढुङ्गा प्रहार गरेका थिए। गणतन्त्र चोकबाट दक्षिणस्थित एक पार्टी प्यालेसमा दमक नगरपालिकाले उक्त कार्यक्रम राखेको थियो। 

त्यसक्रममा किरात प्रदेशको पक्षमा रहेकाहरूले कार्कीविरुद्ध नाराबाजी पनि गरेका थिए। पहिचानवादीले आक्रमण प्रयास गरेपछि प्रहरीले कार्की सवार गाडीलाई सुरक्षा दिएको थियो। अहिले प्रहरीले सडकक अवरोध पनि हटाएको छ। 

1791
Shares

©News Kunja 2021-2026. All rights reserved.