नेकपा (एमाले) बागमती प्रदेश कमिटीको अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, केशवप्रसाद पाण्डे र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि भोलि बिहान ८ बजेबाट निर्वाचन हुने बताइएको छ ।
एमाले बागमतीको पहिलो अधिवेशनमा उपाध्यक्षतर्फ पनि पाँचैजनाले उम्मेदवारी हालेका छन्।
निर्वाचन समितिका अनुसार राजेन्द्र राजथला, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र सुवासचन्द्र ठकुरीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
सचिवका लागि चारजनाको उम्मेदवारी परेको छ। रामकुमार अधिकारी, हस्त पण्डित, नवराज सिलवाल र रत्न गुरुङले सचिवमा उम्मेदवारी दिएका हुन्।
उपसचिव पदका लागि टासी लामा, गंगादेवी श्रेष्ठ, खड्गबहादुर खत्री, डब्बल पाण्डे, भक्तकुमारी लामा, ठाकुरप्रसाद गजुरेल, रमेश महर्जन, कृष्णहरि थापा र ओमराज पन्तको मनोनयन दर्ता भएको छ।
एमालेले बागमतीको नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन गराउँदैछ। निर्वाचन कार्यक्रम अन्तर्गत एमालेले विद्युतीय मेशिनमा मतदान गराउने भएको छ।