2025/11/20

थप १० मा सङ्क्रमण पुष्टि

रायबर अनलाइन

२०७९-०१-१३

417
Shares

देशभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा पाँच हजार २२६ को नमूना परीक्षण गरिएको थियो । चार हजार आठ ६४ ले पिसिआर र एक हजार १६२ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा १८ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ५५८ पुगेको छ । सङ्क्रमणको दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ८६ हजार १३६ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । होम आइसोलेशनमा २६० र संस्थागत आइसोलेशनमा एक रहेका छन् । हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैन । शून्य सङ्क्रमित रहेका जिल्लामा इलाम, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, पाँचथर, भोजपुर, बारा, पर्सा, सप्तरी, रौतहट, महोतरी, सर्लाही, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, पर्वत, रुकुम पूर्व, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ५०, ललितपुर १८ र भक्तपुरमा सात सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । 

417
Shares

©News Kunja 2021-2025. All rights reserved.