2025/11/20

जाजरकोटको रामिडाँडा केन्द्र भएर अर्को शक्तिशाली परकम्प

Admin

२०८०-०७-२०

1484
Shares

जाजरकोटमा सोमबार अपरान्ह फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । जाजरकोटको रामिडाँडा केन्द्र भएर सोमबार अपरान्ह ५.८ रेक्टर स्केलको परकम्प गएको हो ।

सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८  रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यही स्थानमा शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर १५३ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म हजारौँ घरवारवीहिन छन् ।

1484
Shares

©News Kunja 2021-2025. All rights reserved.