2026/07/28

काठमाडौँमा र्‍याली र प्रदर्शन निषेध

Admin
Admin

२०८२-०६-२४

368
Shares
काठमाडौँमा र्‍याली र प्रदर्शन निषेध

काठमाडौँ — काठमाडौँमा विभिन्न समूहले शनिबार आयोजना गर्ने भनिएको मोटरसाइकल र्‍याली, सभा र प्रदर्शनमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ । असोज २५ गते शनिबार नेकपा एमाले निकट युवा संघले मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ— ‘फरक–फरक समूहहरूले मिति २०८२ असोज २५ गते शनिबारका दिन काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने सूचना प्राप्त भएको छ । यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन, जुलुस वा सभा गर्न कोही कसैलाई स्वीकृति प्रदान नगरिने निर्णय गरिएको छ ।’

गत भदौ २३ गतेको जेन–जेड आन्दोलनपछि तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेका घटनालाई स्मरण गर्दै प्रशासनले शान्ति–सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न यस्तो निर्णय गरेको जनाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ (क) र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम पूर्वस्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रम नगर्न नगराउन सबैलाई आग्रह गरिएको छ ।

सूचनामा भनिएको छ,विभिन्न समूहहरुबाट हुने भनिएका -याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि -याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ । अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्बद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ ।'

युवा संघले शनिबार कोटेश्वर-तीनकुनेमा १ बजे मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।

368
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja