काठमाडौँ, मंसिर ५, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.०९ अंकले बढेको छ । मंगलबारको तुलनामा बुधबार नेप्से ०.३३ प्रतिशतले बढेपछि समग्र नेप्से परिसूचक दुई हजार सात सय ११.७५ को विन्दुमा पुगेको हो । मंगलबार नेप्से साढे ५१ अंकले घटेको थियो ।
आज १४४ कम्पनीको सेयर मूल्य बढ्यो, ८८ वटाको घट्यो, बाँकी ११ कम्पनीको स्थिर रहयो ।
बुधबार ३ सय २३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता सेयर किनबेच भए । ७४ हजार तीन सय ३ पटक खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार बराबरको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, उत्पादन तथा प्रशोधन, जीवन बिमा, निर्जीवन बिमा र अन्यको परिसूचक घटे ।