2026/09/12

फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्न निगमको न्यारोबडीलाई अनुमति

Admin
Admin

२०८१-०६-२१

414
Shares
फूलपातीका दिन काठमाडौंबाट भैरहवा उड्न निगमको न्यारोबडीलाई अनुमति

काठमाडौँ — आन्तरिक उडानमा परेको यात्रुको चाप घटाउने उद्देश्यले नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ ।  प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले निगमको न्यारोबडी विमानलाई २४ गते फूलपातीका दिन उडान अनुमति जारी गरिएको बताए । ‘यो स्पेशल चार्टर उडान हुनेछ । काठमाडौंबाट ११ बजे उड्ने विमान भैरहवाबाट साढे १२ बजे यात्रु ल्याएर काठमाडौं फर्किने तालिका स्विकृत भएको छ’ उनले भने ।

आन्तरिक उडानमा यात्रुका लागि न्यारोबडीले पहिलोपटक उडान अनुमति पाएको हो । यसअघि हिमालय एयरलायन्सको न्यरोबडीले काठमाडौं–पोखरा–काठमाडौंमा यात्रु नराखेर टेस्ट फ्लाइट मात्रै गरेको थियो । त्यस्तै निगमको न्यारोबडी र वाइडबडीले भैरहवा–काठमाडौं टेस्ट फ्लाइट र अन्तर्राष्ट्रिय उडान पनि गरिसकेका छन् ।

असोज ११/११ गते को भारी वर्षाका कारण भएको बाढी पहिरोले सबै जसो राजमार्ग अवरोध गरेका कारण नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका न्यारोबडी विमान पठाउन सरकारले पहल गरेको पर्यटन राज्यमन्त्री अरुण चौधरीले बताए ।

‘विपतका बेला बुद्ध, यति र श्री एयरलायन्ससँग भएका दुई दर्जन ७२ सिट हाराहारीका जहाजमा यात्रुले सजिलै टिकट नपाउने, पाइहाले पनि अधिकतम मूल्यको टिकट भएकाले हामीले विराटनगर र धनगढी पनि दुवै वायुसेवा कम्पनीका न्यारोबडी जहाज पठाउन मन्त्रालयकातर्फबाट पहल गरेका हौं,’ राज्यमन्त्री चौधरीले भने,‘नेपाल वायुसेवा निगमले अनुमति लिइसकेको छ । अब हिमालयले पनि पोखरा उड्ने इच्छा व्यक्त गरेको छ ।’

Corporation's narrowbodies allowed to fly to Bhairahawa from Kathmandu on the day of Phulpati

414
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja