2026/09/12

हनिट्रयाप प्रकरणमा पक्राउ गरी थापालाई इटहरीबाट ललितपुर ल्याइयो, इन्स्पेक्टर बिनु निलम्बित

Admin
Admin

२०८१-०६-२०

417
Shares
हनिट्रयाप प्रकरणमा पक्राउ गरी थापालाई इटहरीबाट ललितपुर ल्याइयो, इन्स्पेक्टर बिनु निलम्बित

काठमाडौं– भैंसेपाटी हनिट्रयाप प्रकरणमा इटहरीकी भिमादेवी थापालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुरमा ल्याइएको छ।  उनलाई इटहरीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। 

एक व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा यसअघि सुस्मा बिक र ताज मूल इस्लाम पक्राउ गरी सार्वजनिक गरिएको थियो। 

घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन्। उनीहरू विरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ। ३० लाख रकम असुल्दा २० लाख रकम थापाको खातामा पुगेको थियो।

यता सोही प्रकरणमा मिलोमतो गरेको आरोपमा प्रहरी अनुसन्धानको दायरामा तानिएकी इन्स्पेक्टर बिनु शाहीलाई निलम्बन गरिएको छ। गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो।

417
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja