2026/09/12

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीको दाबी पेश

Admin
Admin

२०८१-०१-०६

530
Shares
सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीको दाबी पेश

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन। माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। उनले बिहिवार प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। प्रदेशमा मुख्यमन्त्रीका लागि २७ प्रदेश सभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ।

530
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja