2026/07/28

सर्वोत्तमको आईपीओमा फागुन १३ देखि आवेदन दिन पाईने, बैंकमा न्यूनतम १८ हजार रुपैयाँ चाहिने

Admin
Admin

२०८०-११-०४

574
Shares
सर्वोत्तमको आईपीओमा फागुन १३ देखि आवेदन दिन पाईने, बैंकमा न्यूनतम १८ हजार रुपैयाँ चाहिने

काठमाडौं। सर्बोत्तम सिमेन्ट कम्पनी लिमिटेडले फागुग १३ गतेदेखि सर्बसाधारणका लागी बुक बिल्डिङबाट आईपिओ बिक्रि खुला गर्ने भएको छ । बुक बिल्डिङबाट जारी हुने आईपीओमा न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन गर्नुपर्नेछ ।

कम्पनीले सर्बसाधारणका लागि ३६०.१० रुपैयाँ प्रतिकित्ताको दरमा आईपीओ निष्काशन गर्न लागेको हो । यसरी हेर्दा यस कम्पनीको आईपीओमा आवेदन गर्दा लगानीकर्ताको बैंक खातामा न्यूनतम १८ हजार ५ रुपैयाँ मौज्दात हुन पर्नेछ । 

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ बिक्रि गरेको थियो । संस्थागत लगानीकर्ताहरुको मूल्यमा सर्वसाधारणलाई १० प्रतिशत छुट हुने व्यबस्था बमोजिम कम्पनीको आईपीओको मूल्य ३६०.१० रुपैयाँ कायम गरिएको हो । 

कम्पनीले फागुन १३ गतेदेखि स्थानिय बासिन्दाहरुबाट आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

574
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja