2026/07/28

शुक्रबारबाट नेपालमा बिक्री सुरु हुँदै बिवाईडी सिल, रेन्ज ५७० किलोमिटर

Admin
Admin

२०८०-१०-०२

542
Shares
शुक्रबारबाट नेपालमा बिक्री सुरु हुँदै बिवाईडी सिल, रेन्ज ५७० किलोमिटर

बिवाईडी सिल गत भदौमा नाडा अटोमोबाइलस् एसोशियसन नेपालले आयोजना गरेको नाडा अटो शोमा प्रदर्शन गरिएको थियो । कम्पनीकै सबैभन्दा प्रिमियम मोडल सिल नेपालमा तीन भेरियन्टमा आउने कम्पनीले जनाएको छ ।

लुक्स र प्रिमियम फिचर भएको यो सेडान कारले अन्तराष्ट्रिय बजारमा राम्रो लोकप्रियता कमाएको छ । यस अघि नेपालमा साइमेक्स इंकले ल्याएको एटो थ्रि इभि पारखीको पहिलो रोजाइ बनिसकेको छ । कम्पनीले यस अघि नै १ करोड ५ लाख मुल्य तोकेको यो गाडी लग्जरी भेरियन्टमा पर्छ ।

बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंककी निर्देशक यमुना श्रेष्ठले नेपालमा सिल आगामी शुक्रबारबाट बिक्री सुरु गर्ने तयारी भएको जानकारी दिइन ।

‘आगामी शुक्रबारबाट नेपालमा बिवाईडी सिल बिक्री सुरु हुँदैछ । यो गाडी भित्रिएसँगै नेपालमा बिद्युतीय गाडी सेग्मेन्टमा नयाँ आयाम थप्ने बिश्वास छ,’ यमुना श्रेष्ठले भनिन । 

बिवाईडी सिलमा ८२.५ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक जसले फुल चार्जमा ५७० किलोमिटर रेन्ज दिन्छ । 

यसमा २३० किलोवाट आवरको इलेक्ट्रीक मोटर जडान भएको छ । बीवाइडीको ब्लेड ब्याट्री प्रयोग गरिरहेको यो गाडी ई–प्लाटफर्म ३.० डिजाइन गरिएको छ । यो गाडीमा रियर ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुने छ । १५.६ इन्चको रोटेड टचस्कृन पाउन सकिन्छ ।

542
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja