2026/07/28

काठमाडौं महानगरले भोलि शोक बिदा दिने 

Admin
Admin

२०८०-०५-२१

626
Shares
काठमाडौं महानगरले भोलि शोक बिदा दिने 

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिने भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइने भएको हो। अध्यक्ष रिजालको आज बिहीबार बिहान निधन भएको थियो ।

रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ । वडाध्यक्ष रिजाललाई उपचारका लागि गएको १७ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । 

अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद बिजुक्छेका अनुसार उनको दुवै फोक्सोमा सिभियर निमोनिया अर्थात् (भाइरल निमोनिया) का कारण उनको निधन भएको हो ।

626
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja