2026/07/28

जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो, रुकुम-पश्चिममा मात्रै ६२ जनाको मृत्यु

Admin
Admin

२०८०-०७-१८

495
Shares
जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो, रुकुम-पश्चिममा मात्रै ६२ जनाको मृत्यु

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। 

अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो। घाइतेको संख्या डेढ सयभन्दा माथि पुगिसकेको छ। 

भूकम्पमा परी गम्भीर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो।  

रुकुमपश्चिको आठबीसकोट नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले भूकम्पमा परी आफ्नो नगरपालिकामा मात्र ५२ जनाको मृत्यु भएको नेपालखबरलाई जानकारी दिइन्। 

495
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja