2026/09/12

काठमाडौंमा फेरि भूकम्पको धक्का

Admin
Admin

२०८०-०७-०५

510
Shares
काठमाडौंमा फेरि भूकम्पको धक्का

राजधानी काठमाडौंमा दोस्रोपटक भूकम्पको धक्का महसुस भएको छ। आइतबार साँझ ५ बजेर ३४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।

यसअघि विहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई ६ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका–५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन्। पटक–पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका स्थानीय बताउँछन्।

510
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja