2026/07/28

सुदूरपश्चिम सरकार र महासंघबीच लगानी सम्झौता

Admin
Admin

२०८०-०७-०५

462
Shares
सुदूरपश्चिम सरकार र महासंघबीच लगानी सम्झौता

सुदूरपश्चिमप्रदेश सरकार र नेपालउद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रदेश सरकार र महासंघबीच लगानी सम्झौतामा हस्ताक्षर भएको हो । 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र ढकालले लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने अवस्थामा आजको सम्झौताले धेरै महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।  उनले लगानीकर्ता रव्यवसायिक समुदायमा केही हुँदैन भन्ने वातावरण बन्दै गएको भन्दै यो सहकार्यमार्फत आउँदो ६ महिनामा नेपालमा अवसरहरु छ भन्न सक्ने परिणाम निकाल्ने विश्वास व्यक्त गरे । 

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले लगानी सम्मेलनका लागि मात्रै नभई, सुदूरपश्चिममा भएका सम्भावनाहरुलाई विकास गर्नको लागि सम्झौता गरेको बताए ।  देशमा आर्थिक मन्दी छाएको अवस्थामा पनि अठोटका साथ सुदूरपश्चिममा प्रदेश लगानी र विकास सम्मेलन गर्ने निर्णय गरेको भन्दै सकारात्मक भएर अगाडि बढ्ने हो भने मुलुक विकास गर्न सक्ने उनको भनाइ छ ।

462
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja