2026/07/28

प्रधानमन्त्रीको दाबी– इजरायलमा अलपत्र नागरिकको उद्धार गर्ने पहिलो राष्ट्र हामी नै हौं

Admin
Admin

२०८०-०६-२९

496
Shares
प्रधानमन्त्रीको दाबी– इजरायलमा अलपत्र नागरिकको उद्धार गर्ने पहिलो राष्ट्र हामी नै हौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा भएको हमासको आक्रमणपछि आफ्नै जहाज पठाएर अलपत्र नागरिकहरूको उद्धार गर्ने पहिलो राष्ट्र बनेको दाबी गरेका छन्। 

सोमबार समाजवादी मोर्चाको सुदूरपश्चिम भेलालाई सम्बोधन गर्दै उनले आफ्नो निर्देशन अनुसार तुरुन्तै काम भएको बताए। 

‘इजरायलमा निधन भएका १० जना विद्यार्थीको हत्या भयो। हत्या त त्यहाँ अरु धेरैको भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल सरकार नै पहिलो सरकार भयो जसले सिधै आफ्नै जहाज निर्देशन दिए अनुसार त्यही दिन राति गएर भोलिपल्ट नेपाली उत्रिनुपर्छ भन्ने आदेश अनुसार काम भयो। यसरी उद्धार गर्ने नेपाल पहिलो देश हो।’

सरकारले राम्रो काम गर्दा पनि अराजकतावादीहरूले विरोध गर्न नछाडेको उनको भनाइ छ।  ‘तैपनि अराजकतावादीहरूले सरकार भएन भनेर भन्न छाडेका छैनन,’ प्रधानमन्त्रीको भनाइ छ, ‘उनीहरूलाई सरकारले राम्रो काम गर्न चित्त बुझेको छैन। जसरी पनि गठबन्धन भत्काउनैपर्छ भनेर लागेका छन्।’

496
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja