2026/09/12

बझाङमा भूकम्पका १६८ पराकम्प

Admin
Admin

२०८०-०६-१७

484
Shares
बझाङमा भूकम्पका १६८ पराकम्प

धनगढीः सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्प आएको २४ घण्टा नहुँदै १६८ पाराकम्प आएका छन्। भूकम्प मापन केन्द्र। सुर्खेतका अनुसार बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी छ।

जिल्लामा मंगलवार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन म्याग्निटिउडको भूकम्प गएको थियो। बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर मङ्गलवारदेखि आज दिउसोसम्म १६८ पराकम्प आएका छन्। चार म्याग्निटिउड माथिका मात्र ११ वटा पराकम्प आएका छन्। 

राष्ट्रिय भूकम्प केन्द्र, सुर्खेतका अनुसार हिजो दोस्रोपटक ३ः०६ बजे बझाङको जिल्ला सदरमुकाम चैनपुर भएर छ दशमलव तीन म्याग्निटिउड, ३ः१३ बजे चैनपुर केन्द्रबिन्दु भएर चार दशमलव, ३ः४५ बजे सुरमा केन्द्रबिन्दु भएर चार दशमलव एक म्याग्निटिउडको भूकम्प आएको छ। 

यस्तै ४ः२८ बजे तालकोट केन्द्रबिन्दु भएर चार दशमलव एक, ४ः३१ बजे सुवेडा केन्द्रबिन्दु भएर चार दशमलव तीन, ५ः१९ बजे सेली केन्द्रबिन्दु भएर पाँच म्याग्निटिउड र ५ः३८ बजे दामेना केन्द्रबिन्दु भएर पाँच म्याग्निटिउडको भूकम्प गएको छ। 

484
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja