2026/09/12

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

Admin
Admin

२०८०-०५-२२

613
Shares
राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २४ गते बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ ।

अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति निकालेर राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्वारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका दिएका छन् ।

राष्ट्रिय सभामा ३ वटा विधेयकहरू विचाराधीन छ । अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन सभामा पेश भइसकेको छ । विद्युतीय कारोबार सम्बन्धी विधेयक र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलमा छ ।

613
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja