2026/07/28

प्रधानमन्त्री भेट्न खुसुक्क सिंहदरबार पुगे ओली, के भयो कुराकानी

Admin
Admin

२०८०-०५-१९

548
Shares
प्रधानमन्त्री भेट्न खुसुक्क सिंहदरबार पुगे ओली, के भयो कुराकानी

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीले छलफलमा बोलाएपछि मंगलबार दिउँसो ओली सिंहदरबार पुगेका हुन् । 

भेटमा संसद्मा रहेका विधेयक र समसामयिक राजनीतिबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । 

‘प्रधानन्त्रीले एमाले अध्यक्षसँग संसदमा रहेका विधेयक अगाडि बढाउने, समसामयिक राजनीतिसहितका विषयमा छलफल गर्नु भएको हो, शर्माले भने । 

साथै दुईबीच प्रधानमन्त्रीको अमेरिका र चीनको भ्रमणबारे पनि कुराकानी भएको बताइएको छ ।

548
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja