2026/07/28

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, बाबुआमा पनि पुगे

Admin
Admin

२०८०-०५-१५

587
Shares
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना, बाबुआमा पनि पुगे

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुमा केही समस्या भएपछि उनी शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था सामान्य छ ।

पारसको मुटुमा यसअघि पनि समस्या देखिएको थियो । आईसीडी राखिएकोले २४ घण्टा सुपरीवेक्षणका लागि भर्ना गर्ने निर्णय भएको शर्माले बताए ।

पारसलाई भेट्न उनका बाबु पूर्वराजा ज्ञानेन्द्र शाह, आमा कोमल र श्रीमती हिमानी शाह अस्पताल पुगिसकेका छन् ।

587
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja