2026/04/10

नेप्सेमा १३‍.५१ अंकको वृद्धि, १२ अर्बको कारोबार

Admin

२०८२-१२-०३

90
Shares

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १३.५१ अंकले बढेको छ । शून्य दशमलव ४८ प्रतिशतको वृद्धि समग्र नेप्से २ हजार ८ सय १२ दशमलव ३४ विन्दुमा उक्लिएको छ । 

कारोबारमा आएका मध्ये १३२ कम्पनीको सेयर मूल्य बढ्यो, ११३ कम्पनीको घट्यो भने १७ कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल १ लाख ६ हजार १४० पटकको सेयर किनबेचमा १२ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कुल ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर किनबेच भए । 

समग्र नेप्से परिसूचक बढे पनि फाइनान्स, होटल तथा पर्यटन, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूह घट्यो । 

रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएपछि सर्किट ब्रेक लागेको थियो ।

90
Shares

©News Kunja 2021-2026. All rights reserved.