2026/04/16

अछाममा मतदान ३९.१७ प्रतिशत मात्रै, गणना भोलि हुने

Admin

२०८२-११-२१

121
Shares

फाल्गुन २१, २०८२ — अछाम जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा करिब ३९ प्रतिशत मतदाता मात्रै मतदान गरेका छन्। जिल्लाका १,६५,३३७ मतदातामध्ये ६४,७८० जनाले मतदान गरेका छन्।

निर्वाचन क्षेत्र अनुसार, अछाम–१ मा ८२,५१३ मतदातामध्ये ३२,३७२ जनाले मत हाल्दा ३९.२३ प्रतिशत मत खस्यो। अछाम–२ मा ८२,८२४ मतदातामध्ये ३२,४०८ जनाले मात्र मतदान गरे, जुन ३९.१२ प्रतिशत हो।

मतदान सकिएपछि सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइरहेको छ। मुख्य निर्वाचन अधिकृत रोशनकुमार भट्टराइका अनुसार अछाम–१ को मतगणना साँफेबगरमा र अछाम–२ को मतगणना मंगलसेनमा हुनेछ।

121
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.