2026/04/16

सुदूरपश्चिममा सबैभन्दा बढी मतदान कञ्चनपुरमा, कम डोटीमा

Admin

२०८२-११-२१

137
Shares

फाल्गुन २१, २०८२

धनगढी — सुदूरपश्चिमका प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढी कञ्चनपुरमा ५८.६ प्रतिशत मतदान भएको छ । सबैभन्दा कम डोटी जिल्लामा ३८ प्रतिशत मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

‘यो प्रारम्भिक रुपमा बिभिन्न जिल्लाबाट प्राप्त जानकारी हो,’ प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले भने, ‘खसेको मत संख्यामा सामान्य थपघट हुन सक्छ, यो मतदान सकिए लगत्र्तै प्राप्त भएको प्रारम्भिक जानकारी मात्रै हो । विस्तृत विवरण प्राप्त हुन केही समय लाग्ने देखिन्छ ।’

प्रदेश निर्वाचन अधिकारी भट्टका अनुसार बिभिन्न जिल्लाबाट प्राप्त प्रारम्भिक जानकारीमा कैलालीमा ५३ प्रतिशत, कञ्चनपुरमा ५८.६, कैलालीमा ५३, अछाममा ३९, डोटीमा ३८ र बझाङमा ४१.१ प्रतिशत मतदान भएको छ । यसैगरी बैतडीमा ४६.८, दार्चुलामा ५३.८ र डडेलधुरामा ४९.२ प्रतिशत मत खसेको भट्टले बताए ।

प्रदेशका सबै जिल्लामा मतदान सकिएर मतपेटिका मतगणनास्थलमा आइरहेको पनि प्रदेश निर्वाचन अधिकारी भट्टले जानकारी दिए । ‘आज बिहीबार राति १०/११ बजेसम्म मतपेटिका गणनास्थलमा पुगिसक्ने सम्भावना छ,’ भट्टले भने, ‘राति गणना सुरु गर्न अबेर हुने जस्तो देखिन्छ, शुक्रबार बिहान सर्वदलीय बैठक गरेर गणना सुरु गर्नेबारे छलफल भइरहेको छ ।’ 

यसपटक सुदूरपश्चिममा मतदान अघिल्लो आमनिर्वाचन २०७९ को तुलनामा कम भएको छ । अघिल्लो निर्वाचनमा ६० प्रतिशत मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

137
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.