2026/09/13

आर्जु राणा धनगढीमा, विकास सम्मेलनको छलफल

Admin
Admin

२०८२-०२-२१

492
Shares
आर्जु राणा धनगढीमा, विकास सम्मेलनको छलफल

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको पूर्व तयारी सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री डाक्टर आर्जु राणा देउवा धनगढी आएकी छन्।

मङ्गलवार बिहान उनी विमानमार्फत धनगढी आइपुगेकी हुन्। परराष्ट्रमन्त्री राणालाई विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायतको टोलीले स्वागत गरेको थियो। प्रदेश सरकारले २०८२ असोज १ र २ गते गर्ने लगानी तथा विकास सम्मेलनको पूर्व तयारीको बैठक यही जेठ २० र २१ गते दुई दिनसम्म चल्नेछ। प्रमुख अतिथिको रूपमा परराष्ट्रमन्त्री डा. राणाबाट सम्मेलनमा सम्बोधन हुने कार्यक्रम तय गरिएको छ। उनीसँगै संस्कृत¸ पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डे¸ उद्योग¸ वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी¸ वन मन्त्री एन बहादुर शाही धनगढी आएका छन्।

प्रदेशको प्रचुर प्राकृतिक स्रोत, अपार सांस्कृतिक सम्पदा रणनीतिक भौगोलिक अवस्थिति, पर्याप्त आर्थिक विकासको सम्भावनालाई उजागर गरी रुपान्तरणकारी आर्थिक वृद्धि हासिल गर्ने उद्देश्य परिपूर्तिका लागि प्रदेश सरकारबाट प्रथम लगानी सम्मेलन आयोजना गर्न लागिएको हो।

492
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja