2026/07/28

राजावादीले आगो लगाएको घरको लाइभ गर्न पुगेका पत्रकारको मृत्यु

Admin
Admin

२०८१-१२-१४

515
Shares
राजावादीले आगो लगाएको घरको लाइभ गर्न पुगेका पत्रकारको मृत्यु

काठमाडौँ —  राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु भएको छ।

राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए। सो क्रममा फोटो/भिडियो खिच्न पुगेका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो। उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए।प्रदर्शनकारीका अनुसार, सो भवनको छत प्रहरीले अश्रुग्यास प्रहार गर्न प्रयोग गरिरहेको थियो, जसका कारण आक्रोशित भीडले भवनमा आगजनी गरेको थियो।

एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले टीभीका लागि लाइभ गर्दागर्दै उनी आगोमा परेको बताए। 'प्रहरीलाई पटकपटक फोन गर्दा पनि समन्वय हुन सकेन,' उनले भने।

नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले आगलागी भएको चौथो तलामा पत्रकार रजकको शव भेटिएको पुष्टि गरे।

515
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja