2026/04/16

अर्थमन्त्री पुनले गरे करका दरमा फेरबदल, आलु, प्याजमा लागेको भ्याट हट्यो, अरु के के भए व्यवस्था ?

Admin

२०८१-०२-१५

407
Shares

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट मार्फत करका दरहरुमा हेरफेर गरेका छन् ।

यस अघि आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउने निर्णय गर्दै मन्त्री पुनले भ्याटमा दर्ता भएका २५ करोडभन्दा बढीको कारोबार गर्ने व्यवसायलाई विद्युतीय बिल अनिवार्य गर्ने व्यवस्था गरेका हुन् ।

९ किमिसका उद्योगलाई कच्चा पदार्थ आयातमा छुट दिने घोषणा गरेका पुनले विदेशी वस्तुको आयातको तुलनामा एक तहको कम कर लगाउने उद्घोष गरेका हुन् ।

बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पुनले औषधी, इन्डक्सन चुलो, धागो, हेलमेट, अगरबत्ति, सेनेटरी प्याड, काजु बदाम प्रशोधन, स्पिङ पातामाको कच्चा पदार्थ आयात गर्दा लाग्ने शुल्कमा छुटको घोषणा गरेका हुन् ।

उपभोक्तालाई बिलिङ प्रणालीमा आकर्षित गर्न डिजिटल माध्यमबाट भुक्तानी गरिएको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्तालाई फिर्ता दिने व्यवस्थाको कार्यान्वयनमा देखिएका समस्या समाधान गरी आगामी साउनदेखि प्रभावकारी रूपमा कार्यान्वयन गरिने अर्थमन्त्री पुनले उद्घोष गरेका छन् ।

मदिरा तथा सूर्तीजन्य पदार्थको अन्तशुल्क बढाउने व्यवस्था गरेका अर्थमन्त्री पुनले अन्तर्राष्ट्रिय क्षेत्रको प्रतिवद्धता अनुसार नयाँ भन्सार ऐन बनाउने घोषणा गरे । सूचना प्रविधि क्षेत्रका उद्योगले नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने व्यवस्था गरेका पुनले कर छलीमा हुने चलखेल नियन्त्रणका लागि प्रभावकारी कदम चालिने बताए ।

407
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.