2026/04/16

पाकिस्तानको सेयर बजारमा लगानी बढाउँदै विदेशी लगानीकर्ता, भित्रियो १९.९ मिलियन डलर

Admin

२०८१-०१-२७

402
Shares

काठमाण्डौ । पाकिस्तानमा सेयर बजारमार्फत उल्लेख्य रुपमा विदेशी लगानी भित्रिएको छ । पछिल्लो तीन सातदेखि पाकिस्तानको सेयर बजारमा विदेशी लगानीकर्ताले देशबाहिर बस्ने पाकिस्तानी नागरिकहरुले त्यहाँको सेयर बजारमा १९.९ मिलियन डलर लगानी गरेका छन् ।  

यसले पाकिस्तानको बजारप्रति लगानीकर्ताको आत्मविश्वास बढेको संकते गरेको अन्तराष्ट्रिय मिडियाले बताएका छन् । महिनौपछिको अनिश्चिनताका गत महिना पाकिस्तानमा आम निर्वाचन भएको थियो । जसपश्चात लगानीकर्ताको मनोबल उच्च बनेको छ । बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी र तीन पटक प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) बीचको शक्ति बाँडफाँड सम्झौताको नेतृत्वमा राजनीतिक वार्तापछि चुनावी प्रतिस्पर्धामा विभाजित जनादेश आएको थियो।  

धाँधलीको आरोप र आगामी राजनीतिक विरोधका बावजुद चुनावले पाकिस्तानको पूँजी बजारमा स्पष्टता ल्याएको छ । जुन विदेशी इक्विटी लगानीमा भएको वृद्धि सहितको बुलिश भावनामा प्रतिबिम्बित भएको छ। 

निर्वाचन पश्चात पाकिस्तानको सेयर बजारमा विदेशी कम्पनीहरुले १८.५ मिलियन डलर र विदेशमा रहेका पाकिस्तानी नागरिकले १.४ मिलियन डलरबराबरको लगानी गरेका छन् ।  

फेब्रुअरी महिनामा मात्रै भने पाकिस्तानको सेयर बजारमा २५.७ मिलियन डलरबराबरको विदेशी लगानी भित्रिएको थियो । जनवरी महिना भने ८.५ मिलियन डलरको लगानी भित्रिएको थियो ।  

यस्तै जुलाई देखि फेब्रुअरीमा महिनामा भने पाकिस्तानको सेयर बजारमा कुल ५९.६ मिलियन डलरबराबरको विदेशी लगानी भित्रिएको थियो ।  

पाकिस्तानमा राजीनीतिक स्थायित्व कायम भयो भने त्यहाँको सेयर बजार विदेशी लगानीकर्ताका लागि अझै आकर्षक गन्तव्य बन्ने पाकिस्तानका बजार विज्ञहरुले बताएका छन् ।  -एजेन्सी

402
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.