जनक अधिकारी (अछाम) - मंगलसेन नगरपालिका र नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा तथा कारागार कार्यालय अछामको समन्वयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
एक दिने आँखा चेकजाँच तथा मोति बिन्दू छनौट शिविरमा ६ जना महिला , २ जना बालबालिका गरि जम्मा ९० जनाले सेवा लिएका नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा सभापति शंकर रावलले बताए । उनका अनुसार नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले सेवा दिँदै आइरहेको छ । उमेरअनुसार नजिकको पावर कम भएको, मासु पलाएको, अँखा पाकेको, मौसमअनुसार आँखाको एलर्जी र न्यून दृष्टी भएका बिरामीहरु सेवा लिन आएको उनले बताए । सेवा लिन आएका मध्ये २ जनाको अप्रेशन गर्नुपर्न भएकाले जेठ महिनामा हुने शिबिरमा अप्रेशन हुने उनले बताए ।
उनका अनुसार एक दिने शिविरमा ५० जनालाई चस्मा र औषधिसमेत वितरण गरिएको गरिएको छ । कार्यक्रममा नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा सभापति शंकर रावल , निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष विक,जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा बिनोद राज खनाल, कारागार कार्यालय प्रमुख इन्द्र बहादुर चौधरी , नेत्र सहायक राकेश कुमार लोध , नवीन चलाउने , आइवर्करका अन्जना सिंह शाह , प्र स . नि दिलिप सिंह , कारागार कार्यालय अछामका कर्मचारी गोविन्द देवकोटालगायतको सहभागिता रहेको थियो ।