2026/09/13

हिंसा प्रभावित महिलाहरुको साहारा सेफ हाउस

Admin
Admin

२०८१-०१-१०

675
Shares
हिंसा प्रभावित महिलाहरुको साहारा सेफ हाउस

दिपा भण्डारी (अछाम)
 मंगलसेन महिला बहुउद्येश्यीय सहकारी संस्थाले संचालनमा ल्याएको सेफ हाउस न्यायका लागि आउने महिलाहरूको पहिलो सम्पर्क स्थान हुने गरेको छ । सदरमुकाम मंगलसेनमा रहेको सेफ हाउस पिडीत महिलाको सुरक्षित स्थानको रुपमा रहेको छ ।

अछामका सरोकारवालाको उपस्थितीमा भएको सेफ हाउसको शुक्रबार सम्पन्न समिक्षा कार्यक्रममासमेत अहिलेसम्मका गतिविधि प्रभावकारी भएको सर सरोकारवालाले बताएका छन ।  विभिन्न तरिकाले हिंसामा परि समस्यामा परेका महिलाहरुको क्षेत्रमा काम गर्दै आएको संस्थाले हालसम्म राम्रो काम गरेको र थप प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका थिए । 

शुक्रबार मंगलसेनमा आयोजना गरिएको समिक्षा कार्यक्रममा सहभागि सरोकारवालाले संस्थाले हाल सम्म गरेका गतिविधिहरु प्रभावकारी नै रहेको र आगामी दिनमा स्थानीय सरकार सहित अन्य सरोकारवालासँग थप समन्वय गरेर काम गर्न आवश्यक रहेको बताएका छन ।

 कार्यक्रममा संस्थाले हालसम्म गरेका गतिविधिको बारेमा समिक्षा गरिएको थियो । सोही अवसरमा सेफ हाउसले तीन बर्षदेखि गरेका गतिविधिका बारेमा छलफल गरिनुका साथै सरोकारवालाको सुझाव समेत संकलन गरिएको थियो । समिक्षा कार्यक्रममा पछिल्लो समयमा सेफ हाउसमा आउने केशहरु बढेको, सेफ हाउसमा आएका अधिकांश केशहरु अदालतसम्म पिडीतले सुरक्षाको अन्तिम विकल्पको रुपमा महिलाहरु सेफ हाउसमा आउने र उनीहरुका समस्याहरु समाधान गर्नका लागि सहजिकरणको भुमिका खेलेको जानकारी गराइएको थियो । 

सेफ हाउसमा आएका अधिकांश केशहरु मिलापत्रको आधारमा टुंगिएका र केही केशहरु मात्रै अदालतसम्म पुग्ने र त्यसमा पनि पिडीतहरुको मुद्या नै बलियो रुपमा अघि बढ्ने गरेको सुरक्षित आवास गृह (सेफ हाउस)का अध्यक्ष मनकला न्यौपानेले बताइन् । घर परिवारबाट हिंसामा परिसकेपछि आउने केही महिलाहरुलाई पुर्नस्थापना गरिएको र स्रोतको अभावले केहीमा भने समस्या देखिएको उनले बताइन् । समिक्षा कार्यक्रममा हाल सम्म भएका राम्रा अभ्यास र देखिएका चुनौतीका बारेमा समेत छलफल भएको थियोे । 

सेफ हाउस संचालनका लागि मंगलसेन नगरपालिका, सामाजिक विकास कार्यालय र लैंगिंक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका छन् । समिक्षा कार्यक्रममा बोल्ने अधिकांश सरोकारवालाले संस्थाले गरेका कार्यहरु वास्तविक पिडीतको पक्षमा भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँरले सेफ हाउसले संचालन गरेका गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा जिल्लाका सबै पालिकाले सहयोग गर्ने वातावरण तयार गर्न आवश्यक रहेको बताए । मंगलसेन नगरपालिकाको सहयोगले मात्रै यसलाई संचालन गर्न नसकिने भएकाले यसका लाग आवश्यक समन्वयको काम आफुगर्ने प्रतिबद्धता जनाए ।

महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि महिला लक्षित आय आर्जनका गतिविधिमा जोड दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रमका बिशिष्ट अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले सुरक्षित आवास गृहले जिल्लाभरीका नागरिकलाई सेवा दिने तर अरु पालिकाले सहयोग नगर्दा यसले आफ्ना गतिविधि अपेक्षा गरे अनुसार अघि बढाउन नसकेको बताए । 

सेफ हाउसलाई हिंसामा परेर आउने महिलाहरुलाई  पुर्नस्थापना गर्नु समस्याको विषय भएकाले यसका लागि स्रोत साधनको पर्याप्तता हुन आवश्यक रहेको बताए । सेफ हाउसले राम्रो काम गरिरहेकाले आगामी दिनमा पनि पालिकाको तर्फबाट थप स्रोत साधनको व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलले विभिन्न चुनौतिका बाजुदपनी सुरक्षित आवास गृह सेफ हाउसले सेवा दिइरहेकोमा थप प्रभावकारी बनाएर लैजान सुझाव दिए । समस्यामा परेका महिलाहरुको क्षेत्रमा यसले गरेका काम देखेर आफू प्रभावित भएको भन्दै यस्ता राम्रा कामगर्ने संस्थालाई अन्य निकाय बाट पनि सहयोग हुन आवश्यक रहेको बताए । 
 

675
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja