2026/09/15

राष्ट्रिय सभा अध्यक्षका लागि आज बिहान ११ बजेदेखि मनोनयन

Admin
Admin

२०८०-११-२८

523
Shares
राष्ट्रिय सभा अध्यक्षका लागि आज बिहान ११ बजेदेखि मनोनयन

काठमाडौँ

राष्ट्रिय सभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ। सङ्घीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभा अध्यक्षका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुनेछ।

सचिवालयका अनुसार आजै दिउँसो उम्मेदवारको नामावली प्रकाशन हुने र भोलि मात्रै मतदान हुने कार्यतालिका तय गरिएको छ। अध्यक्षका लागि मनोनयन दिन दिउँसो १ बजेसम्मको समय तोकिएको छ। दर्ता भएका प्रस्तावको सूचना दर्ता क्रमानुसार आजै सूची प्रकाशन गरिने छ।

राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली काँग्रेसबाट युवराज शर्मा उम्मेदवार बनेका छन्।

काँग्रेससँगको सहकार्य तोड्दै माओवादी केन्द्रले नेकपा एमालेसँग नयाँ गठबन्धन बनाउँदै दाहाललाई राष्ट्रिय सभा अध्यक्षका लागि उम्मेदवार बनाएको हो।

काँग्रेसले राष्ट्रिय सभाको अध्यक्ष नछाड्ने बताए पछि माओवादी केन्द्र असन्तुष्ट बनेको थियो। 

523
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja