2026/09/14

संसद् भवन परिसरबाट ४९ लघुवित्त पीडित पक्राउ

Admin
Admin

२०८०-११-१४

556
Shares
संसद् भवन परिसरबाट ४९ लघुवित्त पीडित पक्राउ

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका ४९ जना लघुवित्त पीडित पक्राउ परेका छन्।

सुरक्षा घेर तोडेर संसद् भवनभित्र प्रवेश गरेका र बाहिरका समेत गरी ४९ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

कडा सुरक्षालाई छिचोलेर संसद् भवन परिसरमा छिरेका उनीहरूले नाराबाजीसमेत गरेका थिए। उनीहरूलाई संसद् भवन परिसरका सुरक्षाकर्मीले घेरा हालेर पक्राउ गरेका हुन्।

संसद् भवन परिसरमा छिरेका लघुवित्त पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका छन्।

556
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja