2026/09/15

अरुलाई निस्वार्थ बचाउने रक्तदाता अर्जुन मैनालीको आफ्नै भने वियोगान्त अन्त्य

Admin
Admin

२०८०-१०-२९

565
Shares
अरुलाई निस्वार्थ बचाउने रक्तदाता अर्जुन मैनालीको आफ्नै भने वियोगान्त अन्त्य

काठमाडौं । समाजसेवी अर्जुन मैनालीको सोमबार दुखद् निधन भएको छ । २ सय पटकभन्दा बढी रक्तदान गरिसकेका मैनालीले अमेरिकामा आत्महत्या गरेका हुन् ।

मैनालीले आफ्नो आत्महत्यालाई ‘अग्निको बाटो’ रोजेको संज्ञा दिएका छन् । आत्महत्याअघि आफ्नी श्रीमतीलाई भावुक पत्र लेख्दै उनले सालो रमेश र सालोकी श्रीमती अस्मिताको मानसिक यातानाका कारण आफूले आत्महत्या गरेको खुलाएका छन् ।

“सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ,” उनले फेसबुकमा लेखेका छन्, “मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ ।”

उतिबेलै आत्महत्या गर्न चाहे पनि छोरीको विहे आफ्नो मृत्युकै कारण एक वर्ष ढिलो नहोस् भनेर १० महिनापछि आत्महत्या गरेको उनले खुलाएका छन् ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको हो ।

मैनालीले विश्वका विभिन्न देशहरुमा एक सय ३४ पटक रगत र ७२ पटक रक्ततत्व प्लेलेट्स दान गरेका छन् । उनले आफ्ना साथीभाइ र शुभेच्छुकहरुलाई पनि वर्षमा कम्तिमा एक पटक रक्तदान गर्न सुझाउँदै आएका थिए ।

रक्तदानबारे उत्प्रेरणा जगाउने तथा रक्तदान कार्यक्रमको संयोजन गर्ने विभिन्न संस्थामा आबद्ध मैनाली अमेरिका बस्दै आएका थिए । मैनालीको जन्मस्थान काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ६ कोर्थुम्का हो ।

 

565
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja