2026/07/30

सुदूरपश्चिममा सवारी कारबाहीबाट दुई करोड ४२ लाखभन्दा बढी राजस्व असुली

Admin
Admin

२०८०-१०-२८

564
Shares
सुदूरपश्चिममा सवारी कारबाहीबाट दुई करोड ४२ लाखभन्दा बढी राजस्व असुली

धनगढीः सुदूरपश्चिममा सवारीसाधन धमाधम कारबाहीमा पर्न थालेका छन्।

सवारी कारबाहीबाट ट्राफिक प्रहरीले दुई करोड ४२ लाखभन्दा बढी राजस्व असुली गरेको छ। चालु आर्थिक वर्षको ६ महिनामा साना तथा ठूला सवारीसाधन कारबाहीबाट ट्राफिक प्रहरीले दुई करोड ४२ लाख ८८ हजार राजस्व असुली गरेको हो।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म गरिएको सवारी कारबाहीबाट उक्त राजस्व असुली भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बताएको छ।

मादकपदार्थ सेवन गरेर तथा तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम सङकलन भएको ट्राफिक प्रहरीले जनाएको छ। उक्त अवधिमा ट्रक र ट्याङकर, बस र मिनिबस, कार र जिप भ्यान, ट्याक्टर, मोटरसाइकल लगायतका सवारीसाधन कारबाहीमा परेका छन्।

कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङक छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले २०७९ माघ मसान्तसम्म सवारीसाधन कारबाहीबाट तीन करोड ५३ लाख २९ हजार पाँच सय रुपैया राजश्व संकलन गरेको थियो।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कार्यालयले ९७ हजार एक सय ७ सवारीसाधनलाई कारबाही गरेर पाँच करोड ४१ लाख ९४ हजार रुपैया राजश्व संकलन गरेको थियो। आर्थिक वर्ष २०७६/७७ मा ५६ हजार १५३ सवारीसाधनलाई कारबाही गर्दै तीन करोड ३१ लाख ९९ हजार पाँच सय राजश्व संकलन गरेको थियो भने २०७७/७८ मा ७९ हजार ८९ सवारीसाधनलाई कारबाही गर्दै चार करोड ५७ लाख ६७ हजार राजश्व संकलन अभिलेख छ।

564
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja