अछाम । पन्चदेवल बिनायक नगरपालिकामा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ ।
पन्चदेवल बिनायक नगरपालिका अछामका नगरप्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा एक कार्यक्रम गरेर आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।
उपचार केन्द्र स्थापना गर्दै नगर प्रमुख चलाउनेले आँखाका बिरामीहरुको समस्याको पहिचानका लागि केन्द्रको भुमिका महत्वपुर्ण रहने बिश्वास व्यक्त गरिन । उनले आँखा उपचार केन्द्रका कर्मचारीले नगरपालिका सबै वडा तथा बस्तीमा आँखा जाँच गर्ने बताईन ।