2026/09/13

बैतडीमा जिप दुर्घटना: एकको मृत्यु, सात जना घाइते

Admin
Admin

२०८०-१०-१६

544
Shares
बैतडीमा जिप दुर्घटना: एकको मृत्यु, सात जना घाइते

रासस 

बैतडी

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीय मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

दोगडाकेदारको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप आज दिउँसो वडा नं २ को कटौजपानीमा दुर्घटना भएको हो।

दुर्घटनामा दोगडाकेदार– ८ कै चालकसमेत रहेका ३० वर्षीय भुपेन्द्र विष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश विष्ट, ५० वर्षीय वीरे लुहार, २६ वर्षीय घुमरा विष्ट, ५० वर्षीय कृष्णा विष्ट, ७० वर्षीय हरिमाया विष्ट र १७ वर्षीय महेश विष्ट रहेका छन्।

घाइतेमध्ये जिप चालक भूपेन्द्रको अवस्था गम्भीर रहेको प्रवक्ता जोशीले बताए। घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। जिपमा चालकसहित आठ जना सवार थिए।

544
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja