2026/09/15

व्यस्त बजारमा 'सिंह'लाई कारमा राखेर घुमाएपछि...

Admin
Admin

२०८०-१०-१२

561
Shares
व्यस्त बजारमा 'सिंह'लाई कारमा राखेर घुमाएपछि...

एजेन्सी 

काठमाडौँ

थाइल्यान्डमा एकजना महिलाले गाडीमा सिंहलाई राखेर घुमाएपछि पक्राउ परेकी छिन्। घरपालुवा सिंहलाई महिलाले आफ्नो कारमा राखेर व्यस्त बजारमा घुमाए पछि प्रहरीले तिनलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ।

विभिन्न सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा सिंहको घाँटीमा बेल्ट बाँधिएको र कारको सिटमा बसिरहेको देख्न सकिन्छ।

थाईल्यान्डमा सिंह पाल्नु गैर–कानूनी नभए पनि त्यसका लागि आधिकारिक रुपले रजिस्ट्रेशन गराउनु पर्ने हुन्छ।

श्रीलङ्काका एकजना व्यक्तिले सिंहलाई कारमा राखेर घुमाइरहेको थियो। तर, हाल ती व्यक्ति थाईल्यान्डबाट फरार छन्। त्यस पछि प्रहरीले तीनका साथी स्वांगजीत कोसोगनर्नलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार थाईल्यान्डमा २२४ सिंहलाई कानूनी रुपले मानिसहरूले पालिरहेका छन्।

561
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja