2026/09/14

ह्यात होटेल्स र सिटि होटल बीच ह्यात सेन्ट्रीक ब्राण्डमा रूपान्तरण गर्ने सम्झौता, रि-ब्राण्डिङ ६ महिना भित्र भइसक्ने

Admin
Admin

२०८०-१०-०१

612
Shares
ह्यात होटेल्स र सिटि होटल बीच ह्यात सेन्ट्रीक ब्राण्डमा रूपान्तरण गर्ने सम्झौता, रि-ब्राण्डिङ ६ महिना भित्र भइसक्ने

काठमाण्डौ । ह्यात होटेल्स कर्पोरेसन तथा सिटि होटल लिमिटेड सोल्टीमोडस्थित ह्यात प्लेस काठमाण्डौलाई ह्यात सेन्ट्रीक ब्राण्डमा रूपान्तरण गर्ने बारे सम्झौता भएको छ। 

होटेलको रिनोभेसन पछि यो नेपालकै पहिलो ह्यात सेन्ट्रीक ब्राण्डको होटेल हुनेछ ।  

ह्यातले दक्षिण एशियामा आफ्नो उपस्थिति देखाउने रणनीति अनुसार, खासगरी नयाँ तथा पृथक अनुभव खोज्ने यात्रीहरुलाई लक्षित गरि सेवा दिनका लागि यो रि-ब्राण्डिङले सहयोग गर्ने बताइएको छ । । 

कम्पनीका कार्यकारी निर्देशक अक्षय गोल्याणले होटेलको रि-ब्राण्डिङपछि पाहुनाहरुले असाधारण र अविस्मरणीय अनुभव गर्न सक्ने र सेवा थप प्रभावकारी हुने बताए । 

उनका अनुसार रि-ब्राण्डिङको काम ६ महिना भित्र सकिने छ । हाल प्रदान भइरहेको सेवा प्रभावित नहुने गरि रि-ब्राण्डिङको कम गरिने पनि उनले बताए । 

कम्पनीले आगामी दुई महिनाभित्र क्यासिनो सञ्चालन गर्ने तयारी गरिरहेको छ। ‘क्यासिनो सेवाका लागि श्रीलंकाको र्‍याङ्क इन्टरनेसनल क्यासिनोलाई जिम्मा दिएका छौं। उनीहरुले आफ्नो शैली अनुसार क्यासिनो तयार गरिरहेका छन्। अहिले सामान जडान गर्ने काम भइरहेको छ’, गोल्याणले भने, ‘दुई महिनाभित्र क्यासिनो सेवा सञ्चालनमा ल्याउने छौं।’    

612
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja