2026/09/14

कैलाली र सुर्खेतको सिमा क्षेत्र कर्णालीमा ‘मोटर बोट’ सञ्चालन

Admin
Admin

२०८०-०९-२२

526
Shares
कैलाली र सुर्खेतको सिमा क्षेत्र कर्णालीमा ‘मोटर बोट’ सञ्चालन

धनगढीः चार करोड रुपैयाँ खर्चेर कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालनमा ल्याइएको छ। कैलाली र सुर्खेतको सिमा क्षेत्रमा पर्ने कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालनमा ल्याइएको हो।

स्काई बर्ड एड्भेन्चर स्पोर्टले ‘मोटर बोट’ सञ्चालनमा ल्याएको छ। कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पञ्चपुरी नगरपालिका–११ क्षेत्रमा पर्ने कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालनमा आएको हो। कैलालीको पितमारीदेखि भेरी–कर्णालीको त्रिवेणीसम्म ‘मोटर बोट’ सञ्चालन हुनेछ। स्काई बर्ड एड्भेन्चर स्पोर्टका प्रबन्धक निर्देशक केशव गाहले चार करोडको आयोजना रहेको बताए।

उनले भने, ‘लगानी अहिले चार करोडको योजना हो। पहिलो चरणमा एक बोट आएको छ। दोस्रो चरणमा सानो १० सिटको आउँछ। यो ठुलो, डबल इन्जिन भएको बोट हो। गर्मीको समयमा पनि बोट चल्छ। प्रकृतिसँग रामाउनका लागि बोट सञ्चालन गरेका हौ।’ कैलालीको पितमारीदेखि भेरी–कर्णालीको त्रिवेणीसम्म ‘मोटर बोट’ सञ्चालनमा आएको हो। स्काई बर्ड एड्भेन्चर स्पोर्टले चार करोडको लगानीमा मोटर बोट सञ्चालन गरेको छ।

कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पन्चपुरी–११ को क्षेत्रमा पर्ने कर्णाली नदीमा बोट सञ्चालनमा आएको हो। कर्णाली नदीमा बोट सञ्चालनका लागि स्काई बर्ड एड्भेन्चर स्पोर्टले संघीय पर्यटन मन्त्रालयबाट स्वीकृती लिएको छ। तर, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा भने बोट सञ्चालनका लागि अनुमती छैन। गाहले भने, ‘नेपालमा काम गर्न समस्या छ।

526
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja