अछाम–सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदले आफ्नो गृह जिल्लामा प्रदेश सरकारबाट संचालित भएका योजनाको अनुगम र निरिक्षण गर्न थालेका छन् । उनको गृह जिल्ला अछामका विभिन्न ठाउँमा प्रदेश सरकारले विनियोजन गरेका योजनाको अनुगमन ,निरिक्षण सुरु गरिएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।
सोही अनसार बुधबार मन्त्री साउदे बान्नीगढी जयगढ गाउँपालिका ३ मा रहेको जनज्योती आधारभूत विद्यालय धारासैनको दुई कोठे भवनको शिलान्यास गरेका छन् । अछाम क्षेत्र नम्वर १ प्रदेशसभा ख वाट निर्वाचित मन्त्री साँउदले मेल्लेख गाउँपालिका –७ नन्देगडामा रहेको जानकी आधारभूत विद्यालयको २ कोठे भवनको शिलान्यास पनि गरेका छन् ।
यस्तै पिपलचौर मावि ठाँटी र मष्टामाण्डौ आधारभूत विद्यालय ऋषिदहको दुई कोठे भवनको शिलान्यस तथा जनशिका क्याम्पस मेल्लेखको घेरा पर्खालको शिलान्यास गरेका छन् ।
सामाजिक विकास मन्त्रालयको नेतृत्व गरिरहदा केही जनताका मुद्दालाई प्राथमिकतामा राखि केही नीतिगत र प्रशासनिक काममा लाग्नु परेकोले आफू आफ्नो प्रदेश निर्वाचन क्षेत्रमा आउन ढिलो आएपनि यहाँको आवश्यकता, मागको बारेमा आफू सदैव जानकार रहेको समेत उनले बताए ।
राष्ट्रिय रुपमा देखा परेको आर्थिक संकुचन बाब्जुत पनि आफुले अछामका प्रायः सबै स्थानीय तहमा कुनै न कुनै रुपबाट सम्बोधन गरेको बताए । खेलमैदान होस वा विधालय भवन तथा घेरापर्खाल वा बर्थिङ सेन्टर वा स्वास्थ्य चौकी भवनमा पर्याप्त बजेट नभएको महसुस गर्दै केही मात्रामा भएपनी समावेश गर्न सकिएको र बाँकी कामहरुलाई आगामी दिनमा प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे । मन्त्री साउद अझै केही दिन
मन्त्री साउद अछाममा रहँदा यहाँका विभिन्न आयोजनाको निर्माण र जिल्लाका सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।