अछाम– सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले अछाम , बाजुरा , टोटी र डडेल्धुरामा प्रदेश सरकारबाट संचालित विभिन्न विकास आयोजनाको निरिक्षण र अनुगमनलाई तिव्रता दिएका छन् ।
जस अन्तरगत शनिबार प्रदेश सरकारले गौरवको आयोजनामा राखेको चिसापानी – जंगलघाट बडिमालिका गैरिटाँड(कमलबजार बासकाँडा खण्ड) सडक खण्डको कालोपत्रेको लागि सिलन्यास गरिएको छ । प्रदेश सरकारबाट संचालित यो आयोजनाले अछाम खण्डको २३ किलोमिटर सडक कालोपत्रे हुनेछ ।
पश्चिम प्रदेश सरकारबाट सञ्चालित विकास निर्माण आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमअनुसार अछाम पुगेका मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना उक्त सडकको शिलान्यास गर्दै उक्त आयोजना अछामका बासिन्दाको समृद्धिसँग जोडिएको बताए ।
गैरिटाँड–कमलबजार बासकाँडा सडक खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा पिके निर्माण सेवाले पाएको छ । उक्त आयोजनाको लागत ६९ करोड ४३ लाख ५३ हजार छ ।