अछाम – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री प्रकाश देउवाले सुदूपश्चिम प्रदेशको पहाडी जिल्लामा अनुगमन र निरक्षणका लागि यात्रा सुरु गरेका छन् । प्रदेश सांसद मेघराज खड्कासहितको टोलिले सोही अनुरुप बिहिबार डोटीको शिखर नगरपालिका- १ मा केदारेश्वर माविको नवनीर्मित भवनको उद्घाटन गरेका छन् ।
डडेलधुरा क्याम्पसको नवनिर्मत भवनको उद्घमटन गर्दै डोटी आइपुगेका देउवाले सुदूरपश्चिमको शैक्षिक सुधारका लागि प्रदेश सरकारले निरन्तर सकरात्मक भुमिका निर्वाह गरेको बताए । प्रदेश सरकारबाट संचालित विभिन्न योजनाको निरिक्षण गर्ने उद्येश्यले डडेलधुरा , डोटी , अछाम , बाजुरा जिल्लामा प्रदेश सरकारद्धारा संचालन भएका योजनाको अनुगमन र निरिक्षण गरिने मन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रदेशबाट संचालन भएका योजना संचालनको अवस्था र सुझाव संकलन गरिने छ । यसका साथै यी पहाडी जिल्लाका विभन्न सरोकारवालासँग भेटघाट र पुरातात्विक र ऐतिहासिक ठाउँमा समेत निरिक्षण गरिने सचिवालयले जनाएको छ ।