2026/07/29

बूढीगण्डकी जलाशययुक्त निर्माणका लागि आर्थिक अभाव हुँदैन : प्रधानमन्त्री

Admin
Admin

२०८०-०९-११

508
Shares
बूढीगण्डकी जलाशययुक्त निर्माणका लागि आर्थिक अभाव हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक अभाव नहुने बताएका छन् । बुधबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा  उनले सो दाबी गरेका हुन् । 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चिता गरिसकेको उनको दाबी छ । उनले भने  ‘‘केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ ।’

एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माणबाट भविष्यसम्म पनि गोरखा र गोर्खाली जनताको आर्थिक विकास र समृद्धिका निम्ति तथा  रोजगारीको अवसर पनि हुने उनले दाबी गरे । 

प्रधानमन्त्री प्रचण्ड गोरखा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । आफूले जनतासमक्ष गरेको प्रतिबद्धता नबिर्सिएको, तर केही कारणले ढिलाइ भएको उल्लेख गरे । 

उनले गोरखकाली रबर उद्योग निर्माण गर्नका लागि छलफल अगाडि बढाइसकेको बताए ।

508
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja