काठमाडौँ — सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाई सकिएको छ । सोमबार सुनिल पोखरेल र बालकृष्ण ढकाल, आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना तथा शुक्रबार सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भएको थियो ।
संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ सकिएपनि नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय भने भइसकेको छैन । सुनुवाइ भएका व्यक्तिहरूको नाम अनुमोदनको निर्णय गर्नका लागि बुधबार संसदीय सुनुवाई समितिको बैठक बोलाइएको छ । संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार निर्णय लिनका लागि बुधबार बिहान २२ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको हो ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।