2026/09/14

बालकृष्ण खाँणको मंसिर २८ मा पेशी

Admin
Admin

२०८०-०८-२०

526
Shares
बालकृष्ण खाँणको मंसिर २८ मा पेशी

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको आदेशमा राय बाझिएको विषयमा उच्च अदालत पाटनले मंसिर २८ गते सुनुवाइ गर्ने भएको छ।

खाँणको हकमा ३० लाख रुपैयाँ लिएर थुनामुक्त गर्ने कि थुनामै पठाउने भन्ने विषयमा दुई न्यायाधीश बिचमा राय बाझिएको थियो।

दुई जना न्यायाधीशबीच राय बाझिएका कारणले तेस्रो इजलासमा मंसिर २८ मा पेशी तोक्ने अदालतले निर्णय गरेको हो।

न्यायाधीशहरु जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलास मा राय बाझिएको थियो । उच्च अदालत पाटनले ठगी, लिखित किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेश केही बदर र केही सदर गर्ने आदेश गरेको हो।

अदालतले मंसिर १५ मा मुद्दामा थुनामा नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने शुक्रबार आदेश भएको थियो। मुद्दा संलग्न २० मध्ये ६ जनालाई फरक धरौटी रकम लिएर रिहा गर्ने र ४ जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश भएको हो।

526
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja