2026/07/29

सरकारलाई कांग्रेसको सुझाव– भूकम्प पीडितलाई एकमुष्ट ५० हजार दिनुपर्छ

Admin
Admin

२०८०-०८-१३

494
Shares
सरकारलाई कांग्रेसको सुझाव– भूकम्प पीडितलाई एकमुष्ट ५० हजार दिनुपर्छ

सत्तारुढ दल नेपाली कांग्रेसले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी प्रभावित भएकाहरूलाई सरकारले उपलब्ध गराउने राहत रकम एकमुष्ट दिन सुझाव पठाएको छ। 

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सो सुझाव दिएको पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।  उनका अनुसार पार्टीका मन्त्रीहरूलाई सो सुझाव दिइएको हो। 

‘जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरूको अस्थायी आवास निर्माण सन्दर्भमा के कस्तो भइरहेको छ? र सरकारले अस्थायी आवास निर्माणका लागि दिने भनिएको रकम गयो कि गएन? यसका लागि रक्षा र अर्थसहितका अन्य मन्त्रीहरूसँग जानकारी लिने काम भयो,’ उनले भने।

जवाफमा मन्त्रीहरूले रकम पठाइसकेको र अझै पीडितको हातमा रकम नपरेको सुनाएका थिए। ‘रकम पठाइसकेको तर अझैपनि पीडितको हातमा नपरिसकेको अवस्थामा हामी गम्भीर भएका छौँ। पुग्दैछ भन्नुभएको छ,’ विश्वकर्माले भने, ‘पार्टीको तर्फबाट त्यो रकम दुई किस्तामा दिने भनिएको भएपनि व्यवहारिक कठिनाइ हुनसक्छ। त्यसैले ५० हजार एकैपटक दिनुपर्छ भनेर मन्त्रीहरूलाई हामीले सुझाव राखेका छौँ।’ 

494
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja