2026/07/29

अर्थतन्त्र सुधारका लागि छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठक आज बस्दै

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०८-०४

554
Shares
अर्थतन्त्र सुधारका लागि छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका विषयमा छलफल गर्न आज बैठक आह्वान गरेका छन् ।

बैठकमा अर्थ मन्त्रालय, योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।


आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा अर्थतन्त्र सुधारका लागि अहिलेको अवस्थामा चाल्नुपर्ने कदमका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै बैठकमा सरकारले गरेका प्रतिबद्धता, त्यसको परिणाम, निजी क्षेत्रका सवाल, अन्तर निकायमा देखिएको समन्वयको अभाव लगायत विषयमा पनि छलफल हुने आचार्यले जानकारी दिए ।  

554
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja